newskoseli.Com

लिखित जवाफसाथ लोकमान सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की मंगलबार  सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका छन् ।

सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पुर्याएकामा कारबाही गर्नु नपर्ने भए एक हप्ताभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न कार्कीविरुद्ध आदेश दिएको थियो । सोही आदेशअनुरुप निलम्बित आयुक्त कार्कीले लिखित जवाफ पेस गरेका हुन् ।

कार्कीको लिखित जवाफमा विपक्षीले मनसाय झुटो भएको आरोप लगाउँदै आफू घटना भएको भनिएको दिन विदेशमा रहेको हुनाले त्यसमा आफ्नो संलग्नता नरहेको उल्लेख छ । आफू सपरिवार अख्तियारकै परिसरभित्र बसोबास गर्दै आएको र पुरानो बानेश्वरस्थित घर भाडामा दिएकाले निजी निवासमा नभई सरकारी निवासमा यसअघि पनि सर्वोच्चका कर्मचारीले म्याद बुझाएकाले न्यायिक प्रक्रियामा आफूले कुनै अवरोध नगरेको लिखित जवाफमा उल्लेख छ ।

“तीन वर्षदेखि आफूसहित सपरिवार सरकारी निवसमा बसेको छु, भाडामा दिइएको घरमा म्याद तामेली गर्नु किन परेको र सरकारी निवासमा गर्न किन नआएको”– कार्कीले लिखित जवाफमा उल्लेख गरेका छन् ।

अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने निर्णयको म्याद तामेली गर्दा अवरोध पुर्याएकामा कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

त्यसैगरी, अयोगका निलम्बित प्रमुख कार्कीको घरमा म्याद टाँस गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रहरी नायब निरीक्षक नहकुल गौतमले पनि आज सर्वोेच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।

गौतमले लिखित जवाफमा आफ्नो कुनै संलग्नता नरहेको, बाटो परेर मात्र आफू त्यहाँ गएको हुँदा आफू निर्दोष रहेकोे उल्लेख गरेका छन् । सोमबार पूर्वसचिव प्रमोद कार्कीले पनि लिखित जवाफ बुझाएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर