newskoseli.Com

वैद्य–विप्लव एकै मञ्चमा उभिँदै…

केही वर्षअघि वैद्य माओवादी विभाजित गर्दै अलग्गिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले एकै मञ्चमा उभिएर भाषण गर्ने भएका छन् ।

‘जनअधिकार अभियान नेपाल’ नामक संस्थाले आइतबार सिंहदरबारअगाडि साल्ट ट्रेडिङसँगै जोडिएको एक पार्टी प्यालेसमा आयोजना गर्न लागेको ‘विस्तृत शान्ति सम्झौता, संविधान र राजनीतिक दिशा’ विषयक अन्तर्क्रिया कार्यक्रममा किरण–विप्लव एकै मञ्चमा उभिने भएका हुन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता प्रदिप गिरि, एमाले नेता प्रदिप ज्ञवाली, दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, उपेन्द्र यादवलगायतले समेत बोल्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर