जिल्ला मालपोत कार्यालयले चालु आवको ३ महिनामा ३८ करोड ६५ लाख ५५ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले राजस्वतर्फ ३२ करोड ५७ लाख ७१ हजार रूपैयाँ र पुँजीगत लाभकरतर्फ ६ करोड ५ लाख ८४ हजार रूपैयाँ सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।
कार्यालयले साउनमा १३ करोड २४ लाख ६२ हजार रूपैयाँ, भदौमा १२ करोड ७० लाख ७ हजार रूपैयाँ र असोजमा ८ करोड २९ लाख ४४ हजार रूपैयाँ सङ्कलन गरेको थियो । कार्यालयले सेवाग्राहीको सुविधाको लागि एकद्वार प्रणाली, कम्प्युटरबाट श्रेस्ता र पुर्जा वितरण तथा बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्दै आएको छ ।