newskoseli.Com

मालपोतद्वारा ३८ करोड राजस्व सङ्कलन

जिल्ला मालपोत कार्यालयले चालु आवको ३ महिनामा  ३८ करोड ६५ लाख ५५ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले राजस्वतर्फ  ३२ करोड ५७ लाख ७१ हजार रूपैयाँ र पुँजीगत लाभकरतर्फ  ६ करोड ५ लाख ८४ हजार रूपैयाँ सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।

कार्यालयले साउनमा  १३ करोड २४ लाख ६२ हजार रूपैयाँ, भदौमा  १२ करोड ७० लाख ७ हजार रूपैयाँ र असोजमा ८ करोड २९ लाख ४४ हजार रूपैयाँ सङ्कलन गरेको थियो । कार्यालयले सेवाग्राहीको सुविधाको लागि एकद्वार प्रणाली, कम्प्युटरबाट श्रेस्ता र पुर्जा वितरण तथा बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्दै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर