newskoseli.Com

नयाँ वर्षमा टेलिकमको छूट योजना

बैशाख १ काठमाडाैं ।

नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराएकाे छ ।

टेलिकमले जिएसएम तथा सिडएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा छुट दिएको हो ।

हिजाे मंगलरबार देखि वैशाख १  अर्थात अाजसम्म दुई दिनका लागि एसएमएसको विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराइएकाे छ ।

जिएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई ति प्याकेज तीन दिनका लागि चैत ३० देखि वैशाख २ गतेसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिइन् ।

टेलिकमले डाटा सेवाअन्तर्गत १०० एमबी साइजको डाटा ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर