
बैशाख १ काठमाडाैं ।
नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराएकाे छ ।
टेलिकमले जिएसएम तथा सिडएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा छुट दिएको हो ।
हिजाे मंगलरबार देखि वैशाख १ अर्थात अाजसम्म दुई दिनका लागि एसएमएसको विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराइएकाे छ ।
जिएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई ति प्याकेज तीन दिनका लागि चैत ३० देखि वैशाख २ गतेसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिइन् ।
टेलिकमले डाटा सेवाअन्तर्गत १०० एमबी साइजको डाटा ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ ।