newskoseli.Com

‘हामी कवि र कविता’ ३५ औँ चरणमा

‘हामी कवि र कविता’को ३५ औँ शृङ्खला शनिवार सर्वनाम थिएटरमा सम्पन्न भएको छ । पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका उत्कृष्ठ सिर्जनाहरू बाचन/श्रवण गर्न आयोजित सो शृङ्खला लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला र सर्वनामको संयुक्त आयोजनामा प्रत्येक महिनाको १ गते सञ्चालन हुँदै आएको छ ।
शनीबारको श्रृङ्खलामा गोपी सापकोटा र हेम प्रभासले आफ्ना कविता बाचन गरे । सर्वनामका तर्फबाट अशेष मल्ल र साहित्य कला मन्दिरका तर्फबाट विष्णु विभु घिमिरेले कवि द्वयलाई दोसल्ला ओडाएर औपचारिक कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रमको पहिलो चरमा गोपी सापकोटाले १४ ओटा  र दोस्रो चरणमा हेम प्रभासले १६ ओटा कविता वाचन गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर