newskoseli.Com

तत्काल यसरी टुंगिँदैछ सांठनिक एकता : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया पूरा हुने भएको छ ।

पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताएका हुन् । पार्टी एकताको तीन महिनाभित्रै सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महिनासम्म एकता पूरा नभए पनि अब चाहिँ विलम्ब नहुने उनले बताए ।

सचिवालयबाट घोषणा गरिएको प्रदेश कमिटी जारी बैठकले अनुमोदन गर्ने, पार्टीको जिल्ला कमिटी, महानगर–नगर–गाउँपालिकालगायत तल्ला कमिटी तथा जनवर्गीय सङ्गठनको एकीकरणको आधार तयार पार्ने, केन्द्रीय सदस्यको जिम्मेवारी निश्चित गर्ने जानकारी उनले दिए । शक्तिशाली र क्रान्तिकारी पार्टी निर्माण गर्न स्थायी कमिटीको यो बैठक प्रस्थानविन्दु हुने उनको भनाइ छ ।

वर्तमान सरकार सफल हुनु र नहुनुमा समग्र देश र पार्टीको समेत भविष्य जोडिएकाले सरकारलाई हरहालतमा सफल बनाइने दावी समेत प्रवक्ता श्रेष्ठले गरे । ‘इतिहासकै शक्तिशाली सरकारसँग जनताको ठूलो अपेक्षा छ, यो सरकार असफल भए प्रधानमन्त्री र मन्त्री मात्र असफल हुँदैनन्, त्यसले समग्र देश र पार्टीको भविष्यलाई नै समेत असर गर्दछ’– नेता श्रेष्ठले भने ।

गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले साङ्गठनिक एकता सम्पन्न नहुँदा पार्टीका गतिविधि सञ्चालन गर्न अप्ठ्यारो भएको गुनासो गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर