newskoseli.Com

प्राध्यापक संगठनको अध्यक्षमा पाण्डे

नेपाल राष्ट्रिय प्राध्यापक संगठन इकाई समिति भैरहवा बहुमुखी क्याम्पसको साधारणसभा तथा अधिवेशनले गणेश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । संगठनका अध्यक्ष अनिलकुमार झा क्याम्पसप्रमुखमा नियुक्त भएसँगै अधिवेशन गरी पाण्डेलाई अध्यक्ष बनाइएको हो ।

संगठनको उपाध्यक्षमा केशव शर्मा बेलबासे र त्रिभुन बरई, सचिवमा क्रषि ज्ञवाली, सहसचिवमा लक्ष्मण तिमिल्सिना, कोषाध्यक्षमा मोलहुप्रसाद जैसवाल तथा सदस्यहरुमा मधु ढकाल, दिपेन्द्रकुमार गौड र मकबुल महमद खाँ चयन भएका छन् ।

अधिवेशनले क्याम्पसप्रमुख अनिलकुमार झा र निर्वतमान क्याम्पसप्रमुख डा. घनश्याम न्यौपानेलाई सल्लाहकार चयन गरेको छ ।

उमेश खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) का कपिल चापागाईं, क्याम्पसका लेक्चरर तथा संगठनका साधारण सदस्यहरु भेषराज भट्टराई, वसन्त पाण्डे, राजेन्द्र राउत, धनेश्वर तिमिल्सिनालगायतको सहभागिता थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर