newskoseli.Com

विप्लवले गरे ‘जनमुक्ति सेना’ बनाइएको खुलासा ! (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्वयंले आफू नेतृत्वको पार्टी मातहत ‘जनमुक्ति सेना’ बनिसकेको र त्यो एकदमै सुदृढीकरणको प्रक्रियामा अगाडि बढिरहेको खुलासा गरेका छन् ।

‘यो (जनमुक्ति सेनाको) विषय एकदमै संवेदनशील विषय हो, महत्त्वपूर्ण विषय पनि हो र क्रान्तिका लागि अनिवार्य आवश्यकताको विषय पनि भयो,’ थप खुलासा गर्दै उनले भनेका छन्– ‘हामीले एकदमै, भयंकरै शक्ति सुदृढ गरिसक्यौं भन्नेमा त म नजाऊँ तर यो कुरा साँचो हो कि अहिले, पछिल्लो समयमा जो घटनाहरु देखिएका छन्, यसलाई हामीले चिर्नै पर्नेछ, एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अनि क्रान्तिमा एट्याक गर्नका लागि, क्रान्तिलाई आक्रमण गर्नका लागि प्रयोग गर्ने जो खालको खेल चलिरहेको छ अहिले त्यसलाई हामीले चिर्नु जरुरी छ ।’

अझ अगाडि बढ्दै महासचिव विप्लवले सिधै खुलासा गरेका छन्– ‘… वर्तमान जनमुक्ति सेना बनाउने कुराको/बनेको कुराको महत्त्व छ… विभिन्न ढंगले बाहिर गैसक्या हुनाले हामीले ढाँट्नुपर्ने जरुरी ठानेका छैनौं, हामीले त्यतिबेलै पनि प्रचण्डसँग, बाबुरामसँग विद्रोह गरेर शिविरबाट जनमुक्ति सेनालाई बाहिर आउन अपिल गर्यौं, आउनु भो, आएपछि हामीले भन्यौं– गठन गरौं, … र त्योभित्र जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौं, लिएर गएका छौं र एकदमै यो सुदृढीकरणतिर जाँदैछ, यति चाहिँ हामीले जनतालाई भन्नुपर्छ ।’

२४औं जनयुद्ध दिवसको पूर्वसन्ध्यामा ‘इ–रातो खबर’ नामक युट्युब च्यानललाई भिडियो अन्तर्वार्ता दिँदै महासचिव विप्लवले यस्तो खुलासा गरेका हुन् । १ घन्टा २ मिनेट लामो भिडियो–वार्तामा उनले जनयुद्ध दिवस, पार्टीभित्र चर्किएको भनिएको अन्तर्संघर्ष, मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टी, गोपाल खम्बू, ऋषि कट्टेल आदिसँग भैरहेका एकताको प्रयास र सम्भावना तथा सरकारसँग चलेको वार्ताको प्रसंगलगायतबारे प्रस्ट्याउने प्रयत्न गरेका छन् ।

भिडियोमा हेर्नोस् नेता विप्लवको पूरा अन्तर्वार्ता–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर