newskoseli.Com

युवा पलायन, वृद्धहरू खानेपानी योजनामा

गत वर्षको वैशाख १२ को भूकम्पले गाउँ क्षतविक्षत भयो । सबैका घर लडे । गाईवस्तु मरे, गाउँबासी घाइते भए । पशु मरे । गाउँमा उद्धार गर्ने युवा समेत नभएकाले गाउँ समस्यामा प¥यो । खानेपानीको ट्यांकी फुुटेपछि खानेपानी समेत गाउँवासीले खान पाएनन् ।
उत्तरी धादिङको त्रिपुरेश्वर गाविस डाँडागाउँ भूकम्पले गर्दा सबै मानवीय सुविधा सकियो । केवल घरमा अन्न मात्र उनीहरुसँग बाँकी थियो ।
अक्सफाम र कोसोक नेपालको सहयोगमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रममा काम गर्ने मानिसको अभाव भयो । कार्यक्रम सुरु भएको लामो समयसम्म काम हुन सकेन ।
गाउँमा युवा नभएर समस्या परिरहेको डाँडागाउँबासीले पानीका लागि समस्या झेल्नुभन्दा सबै मिलेर काम गर्नु उपयुक्त ठाने ।
गाउँमा काम गर्ने मानिस नभए पनि उनीहरुमध्ये वृद्ध उमेरका आमाहरुले दिन रात मिहिनेत गरेर काम गरे । गाउँमा सबैभन्दा धेरै महिला र वृद्ध मात्र । उनीहरुका भरमा खानेपानी योजनाको काम गरिएको डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष सुशीला थापाले बताए ।
रु २९ लाखको लागतमा निर्माण हुने खानेपानी तथा सरसफाइ योजना समुदायको सहभागितामा समेत निर्माण भएपछि गाउँबासी खुसी भएको कोसोक नेपालका कार्यक्रम संयोजक प्रज्वल शर्माले बताए ।
डाँडागाउँ मात्र होइन त्रिपुरेश्वर गाविसमा चार र सत्यदेवी गाविसमा चार गरी आठ खानेपानी तथा सरसफाइको योजना सञ्चालन भइरहेको छ । गाउँमा युवकहरु पलायन भएकाले महिला र वृद्धवृद्धाले गाउँमा खानेपानीका लागि काम गरिरहेका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर