newskoseli.Com

एनसेलमाथि ‘कारबाही’ को समर्थन गर्दै पूर्वमन्त्री किराँतीले भने– ‘विप्लवहरुलाई दमन होइन, पुरस्कृत गर्नुपर्छ !’

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ को ललितपुरस्थित मुख्यालयसहित देशका विभिन्न स्थानमा अवस्थित टावरहरुमाथि शुक्रबार साँझ भएको विष्फोट र आगजनीको नेतविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले औपचारिक रुपमै जिम्मेवारी लिइसकेको छ ।

उक्त विष्फोट एवं आगजनीलाई ‘कारबाही’ को संज्ञा दिँदै पूर्वमन्त्री रहिसकेका गोपाल किराँतीले त्यसवापत विप्लव नेतृत्वको नेकपामाथि राज्यले ‘दमन’ होइन, ‘पुरस्कृत’ गर्नुपर्ने बताएका छन् । पुनर्गठित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष किराँतीले सामाजिक सञ्जाल ‘फेसबुक’ मा आइतबार ‘स्ट्याटस’ लेख्दै भनेका छन्– ‘अरबौं कर छली गर्ने र सार्वजनिक सञ्चार सेवा अवरुद्ध पार्ने एनसेलमाथि कार्बाही गर्ने विप्लव नेकपालाई राज्यले पुरस्कृत गर्नुपर्छ नकि दमन । यदि विप्लव नेकपामाथि दमन नै गरिन्छ भने प्रश्न खडा हुन्छ, के खड्ग ओली–प्रचण्ड सरकार एनसेलको राष्ट्रिय अपराधको मतियार हुन् ?’

यस्तो छ नेता किराँतीको ‘स्ट्याटस’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर