अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् ।
नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले रहँदै आएको बजेटलाई १० करोड पुर्याउन सांसदहरुले ‘लबिङ’ सुरु गरेका हुन् ।
बजेट अधिवेशन सुरु भएको दिन सोमबार नेकपाका सांसदहरुले बजेट बढाउन हस्ताक्षर संकलन सुरु गरेको खबर कृष्ण आचार्यको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।