newskoseli.Com

अधिकारीको निवासमै केन्द्रीय समितिद्वारा शोकसभा

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारीको निवासमै केन्द्रीय समितिले श्रद्धाञ्जलिसभा आयोजना गर्‍यो । अधिकारीको निधन भएको सातौं दिनमा शनिबार भरतपुर महानगरपालिका– १४, पृथ्वीनगरमा शोकसभा सम्पन्न गरिएको हो ।

शोकसभामा बोल्दै सो पार्टीका स्थायी समिति सदस्य सीपी गजुरेलले अधिकारीको निधनबाट पार्टी र सिङ्गो राष्ट्रलाई अपूरणीय नोक्सान पुगेको बताए । राजनीतिक परिवर्तनमा उनले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै गजुरेलले अधिकारीको प्रशंसा गरे ।

पोलिटब्युरो सदस्य दिनेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सत्ताधारी नेपाल कम्युनिूट पार्टी (नेकपा) प्रदेश नं. ३ का अध्यक्ष नारायण दाहाल, गण्डक प्रदेशका अध्यक्ष हितराज पाण्डे, सङ्घीय सांसद हरि अधिकारी, भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चितवन जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतले शोक मन्तव्य व्यक्त गरे ।

वि.सं. २०१२ साउन ९ मा गोर्खाको अजिरकोट गाउँपालिका– ३ (हालको) मा जन्मेका अधिकारी २०३२ देखि सक्रिय राजनीतिमा लागेका थिए । क्यान्सर रोगका कारण २२ असारमा उनको निधन भएको हो ।

यो पनि पढ्नुहोस्–
माओवादी नेता श्रीनाथ अधिकारीको निधन

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर