newskoseli.Com

विप्लवको बन्द : विष्फोट र आगजनी, कहाँ–कहाँ के–के भए ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका नेता एवं प्रशिद्ध जनकलाकार माइला लामाको रिहाइ माग गर्दै आज (बुधबार) आह्वान गरेको बागमती र नारायणी तथा रामेछाप र दोलखा बन्दका क्रममा देशका विभिन्न ठाउँमा विष्फोट र आगजनी भएका खबरहरु प्राप्त भएका छन् ।

मकवानपरमा जले दुई वटा गाडी

बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले मकवानपुरमा दुई वटा गाडीमा आगजनी गरेका छन् । फाखेल, हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार र मनहरि ज्यामिरेको खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी भएको हो । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् ।

आगजनीका कारण कारमा पूर्ण रूपमा क्षति पुगेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिएका छन् । त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल र हुप्राचौरको क्विक– २० नजिकै भेटिएका शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजातपथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

बनेपामा बम विष्फाेट

त्यसैगरी, काभ्रेपलाञ्चोकको बनेपा बजारमा मंगलबार राति बम विस्फोट भएको समाचार छ । बनेपा नगरपालिकास्थित उग्रेश्वर महादेव मन्दिर नजिकै मध्यराति बम विस्फोट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले भने– ‘विस्फोट भएको जानकारी हामीले पाएका छौं, घटनास्थलमा प्रहरी पठाइएको छ र क्षतिको कुनै विवरण भने आएको छैन ।’

राैतहटमा वडा कार्यालय जलेर खरानी

त्यस्तै, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा मंगलबार मध्यराति आगजनी भएको समाचार छ । आगजनीबाट कार्यालयका सम्पूर्ण समान जलेर नष्ट भएको वडाअध्यक्ष रवि देवकोटाले जानकारी दिए । कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, प्रिन्टर र दराजलगायतको सम्पूर्ण कागजात समेत जलेर नष्ट भएको उनले बताए । आगजनीको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । आज (१५ साउन) मा आह्वान गरिएको बन्दलाई नै लक्षित गरी बम राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

सिन्धुपाल्चाेकमा पनि वडा कार्यालयमा आगजनी

सिन्धुपाल्चाेकस्थित मेलम्ची नगरपालिका– १० को वडा कार्यालयमा पनि आगजनी भएको समाचार छ । मंगलबार राति आगजनी हुँदा वडा कार्यालय क्षतिग्रस्त भएको छ । वडा कार्यालयभित्र रहेका कागजातहरु जलेको स्थानीयले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–

Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर