नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको खबर छ । कैलालीका एक सुरक्षाकर्मीलाई विप्लव नेकपाले २५ दिने म्याद दिई ‘जनअदालत’ मा उपस्थित हुन वारेन्ट पुर्जी जारी गरेको हो ।
आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउने प्रहरीको कार्यबाट आक्रोशित विप्लव नेकपाले प्रहरीका असई भैरव कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।