newskoseli.Com

विप्लव नेकपाका पोलिटब्युरो सदस्य जीवन्त रिहा : बन्दै गएको हो त वार्ताको माहोल ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् ।

सरकार र विप्लव नेकपाबीच वार्ताको विकल्प छैन भनी केही अघि सञ्चार माध्यमबाट अभिव्यक्ति दिएका जीवन्तको रिहाइले वार्ताको पक्षमा सकारात्मक परिवेश बन्दै जाने आँकलन गर्न थालिएको छ । नेता जीवन्त सो पार्टीका एक प्रभावशाली नेता मानिन्छन् । नेता कार्की ०७५ चैत १ मा ललितपुरको च्यासलबाट गिरफ्तारीमा परेका थिए ।

उनलाई काठमाडौंमा तीन पटक तथा नुवाकोट र संखुवासभामा गरी पाँच ठाउँमा घुमाएर हिरासतमा राखिएकाे थियाे । १ सय ४३ दिन हिरासत बसाइपछि उनी रिहा भए । उनी यसअघि पनि पाँच ठाउँमध्ये तीन ठाउँबाट साधारण तारेखमा र दुई वटामा बन्दी प्रत्यक्षीकरण रिटबाट छुटेका थिए । तर, यसअघि हरेक पटक रिहाइलगत्तै गिरफ्तार गरिँदै आए पनि यस पटक भने यो क्रम दोहोरिएन ।

सोमबार साँझ रिहाई भएलगत्तै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता कार्कीले वार्ता र निकासका निम्ति विद्रोही पक्षभन्दा सरकार नै बढी जिम्मेवार हुनुपर्ने बताए । राजनीतिक सम्बोधनविना नेकपासँग वार्ताको औचित्य नरहेको प्रतिक्रिया उनले दिए ।

साे पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भने सरकारले मच्चाएको वार्ताको हौवा सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति भएको भन्दै तत्कालै र यथास्थितिमा वार्ताको कुनै सम्भावना नभएको अभिव्यक्ति दिँदै आइरहेका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर