newskoseli.Com

फेरि त्रिशूलीमा खस्यो बस : ३ को मृत्यु, १६ को उद्धार (क–कसको निधन, को–को थिए बसमा ?)

सर्लाहीको सदरमुकाम मलङ्गवाबाट ४५ जना यात्रु बोकेर काठमाडौं आउँदै गरेको बस धादिङको बेनी, रोराङ गाउँपालिका– ३, सलाङघाटबाट त्रिशूली नदीमा खसेको छ । शुक्रबार बिहान ३ः३० बजे ‘सृष्टि डिलक्स’ नामको ना ६ ख ७४६९ नम्बरको बस नदीमा खस्दा ३ जनाको मत्यु भएको छ भने १६ यात्रुको उद्धार गरिएको छ ।

दुर्टनामा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजा सौरभ रौनियारको मृत्यु भएको प्रहरीले जनाएको छ । सो बसमा मलङ्गवाबाट ४० जना र सर्लाहीको हरिपुर नगरपालिकाबाट २ जना यात्रु चढेका थिए भने बसका चालक–सहचालक गरी ३ कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उक्त बसमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिकास्थित शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रविकुमारसहित तीन जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित तीन जना, ब्रह्मपुरी गाउँपालिका, त्रिभुवनगरका राजनारायण रौनियारसहित चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोसहित तीन जना, भारतका लरकवाका रामबाबु यादवसहित तीन जना, भारतका कुवारीका अजय ठाकुरसहित दुई जना तथा हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी र अमित लामा सवार रहेको प्रहरीले जनाएको छ ।

बसका चालक लक्ष्मण जमकट्टेल, सहचालक प्रमोद चौधरी र कन्डक्टर ऋषि उप्रेती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाग्रस्त बसबाट भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी र राहुल गरी १६ जनाको उद्धार गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर