newskoseli.Com

गुम्यो माधव नेपालको वरियता : तोक्यो विशेष कमिटी र जवसहरूकाे नेतृत्व (अद्यावधिक नामावलीसहित)

आइतबार बसेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको तेस्रो वरियता खोसिदिएको छ । नेपाललाई चौथो वरियतामा झारेर सचिवालयको बैठकले तेस्रो वरियतामा अर्का वरिष्ठ नेता झलनाथ खनाललाई कायम गरेको छ ।

त्यसैगरी सोही बैठकले विभिन्न विशेष कमिटी र जनवर्गीय संगठन (जवस) हरुको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । आइतबारको निर्णयअनुसार उपत्यका विशेष कमिटीको इन्चार्जमा लीलामणि पोखरेल र सहइन्चार्जमा भानुभक्त ढकाल तथा अरुण नेपाल र अध्यक्षमा राजन भट्टराई तथा सचिवमा लेखनाथ न्यौपाने चयन भएका छन् । त्यसैगरी, युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल र सहइन्चार्जमा कृष्ण केसी तथा अध्यक्ष रमेश मल्ल र सचिव सुनीता बराल चयन भएका छन् ।

त्यस्तै, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ र सहइन्चार्जमा कुमार पौडेल तथा अध्यक्षमा जगत सिंखडा र सचिवमा नरनाथ लुइँटेल चयन भएका छन् । पेशागत विशेष जिल्ला कमिटीको इन्चार्जमा केशव नेपाल र सहइन्चार्जमा प्रमेख खनाल तथा अध्यक्षमा प्रेम पराजुली चयन भएका छन् ।

उद्योगी–व्यवसायी विशेष कमिटीको इन्चार्जमा पार्वत गुरुङ, सहइन्चार्जमा शशी श्रेष्ठ र सचिवमा चन्द्र रिजाल चयन भएका छन् । केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा र सहइन्चार्जमा डिलाराम आचार्य तथा झक्कु सुवेदी चयन भएका छन् ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्जमा जयपुरी घर्ती र सहइन्चार्जमा विनोद श्रेष्ठ अनि किसानको इन्चार्जमा वामदेव गौतम र सहइन्चार्जमा सुनील मानन्धर चयन भएका छन् । महिलाको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का चयन भएका छन् भने युवाको इन्चार्जमा महेश बस्नेत र सहइन्चार्जमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका छन् ।

विद्यार्थीको इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा विनोद ढकाल चयन भएका छन् भने वुद्धिजीवीको इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की चयन भएका छन् । पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेल चयन भएका छन् ।

त्यसैगरी, प्रेस संगठन नेपालमा राजेन्द्र गौतम इन्चार्ज तथा ओम शर्मा सहइन्चार्ज, मानवअधिकार एलाइन्समा थममाया थापा इन्चार्ज तथा सत्या पहाडी सहइन्चार्ज, खेलकुद महासंघमा गणेशमान पुन इन्चार्ज तथा हिक्मत कार्की सहइन्चार्ज, कानुन व्यवसायीमा देव गुरुङ इन्चार्ज तथा धर्मनाथ साह सहइन्चार्ज चयन भएका छन् । त्यस्तै, भूमिहीन सुकुम्बासीमा रामप्रित पासवान इन्चार्ज तथा सन्तकुमार चौधरी सहइन्चार्ज, अपांगता महासंघमा दिपेन्द्र पुन इन्चार्ज तथा जया घिमिरे सहइन्चार्ज, इन्जिनियरको संस्था ‘पिन’ मा मनोज थापा इन्चार्ज, शिक्षक सम्बद्ध संगठनमा मणि थापा इन्चार्ज तथा जीवन घिमिरे सहइन्चार्ज चयन भएका छन् ।

प्राध्यापक सम्बद्ध संगठनको इन्चार्जमा डा. युवराज खतिवडा इन्चार्ज तथा नारायण शर्मा सहइन्चार्ज, स्वास्थ्य सम्बद्ध संगठनमा सुजिता शाक्य इन्चार्ज तथा अञ्जना विशंखे सहइन्चार्ज चयन भएका छन् भने विपद व्यवस्थापन सम्बद्ध संगठनको इन्चार्जमा डा. गंगालाल तुलाधर तथा सहइन्चार्जमा सूर्य सुवेदी, प्रतिष्ठान सम्बद्ध संगठनको इन्चार्जमा तुलबहादुर गुरुङ तथा सहइन्चार्जमा धर्मशिला चापागाईं, वैदेशिक रोजगार सम्बद्ध संगठनमा श्रीप्रसाद साह इन्चार्ज तथा लक्ष्मण पन्त सहइन्चार्ज चयन भएका छन् ।

सहकारीमा धर्मदत्त देवकोटा इन्चार्ज तथा पशुपति चौलागाईं सहइन्चार्ज, उपभोक्त हित सम्बद्ध संगठनमा देवी ज्ञवाली इन्चार्ज तथा जोखबहादुर महरा सहइन्चार्ज चयन भएका छन् । सोही बैठकले पार्टी स्कुल विभागको उपप्रमुखमा वेदुराम भुसाललाई थप गरेको छ भने किसान महासंघको संयोजकमा हरि पराजुलीलाई चयन गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर