newskoseli.Com

नेकपा सचिवालय बैठक स्थगित, सर्वदलीय बैठक बस्याे

मंगलबार अपराह्न ३ बजे बस्ने भनिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक गृहकार्य नपुकाे भन्दै स्थगन भयाे । साे बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको साे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पोलिटब्युरो, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका साङ्गठनिक बाँडफाँटका विषयमा टुङ्गो लगाउने कार्यसूची थियो । तयारी नपुगेको भन्दै बैठक स्थगित भएको जानकारी प्रवक्ता श्रेष्ठले दिए ।

यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्याे । बैठकमा राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलका नेता सहभागी भए । संसदमा विचाराधीन अवस्थामा रहेका विभिन्न विधेयक, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको साे बैठकमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेताहरु, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलगायतका नेता सहभागी भएकाे खबर राससले प्रेषित गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर