newskoseli.Com

स्वदेश फर्किए प्रधानमन्त्री ओली : ‘पहिलेजस्तै दुरूस्त, तत्काल फलोअप गर्नु नपर्ने’

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओली सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरेर शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् । मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ लाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्माफेरेसिस) का निम्ति उनी भदौ ५ मा दोस्रो पटक सिंगापुर गएका थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्बाङलगायतले स्वागत गरे ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न केही दिनअघि सिंगापुर गएका नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता वामदेव गौतम पनि शुक्रबारै स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत पनि सिंगापुर गएका थिए ।

ओलीसहितको टोली काठमाडौं अवतरण गरेपछि उनीसँगै फर्किएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिक्रिया दिए । उनले भने– ‘प्रधानमन्त्रीज्यू दुरुस्त हुनुहुन्छ । पूरै ठीक भएर आउनुभएको छ । अब तत्काल फलोअपमा पनि जानु नपर्ने चिकित्सकले बताएका छन् ।’

मध्याह्न १२ बजे थाइ एयरमार्फत काठमाडौं अवतरण गरेका प्रधानमन्त्री ओली स्वागतमा विमानस्थल उपस्थित भएका सबैलाई अभिवादन गरेर सोझै बालुवाटार लागे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर