newskoseli.Com

नेपाल–चीनबीच भए यी तीन महत्त्वपूर्ण सम्झौता…

फाइल तस्बिर

नेपाल–चीन विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा भएको बृहत छलफलपछि चीनले नेपाललाई आपतकालीन अवस्थाको तयारीस्वरुप ५ हजार वटा पाल दिने, नेपालमा चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने र लगभग ३५ करोड नेपाली रुपैयाँको खर्चमा मनाङमा अस्पताल बनाइदिने सहमति भएको छ ।

दिउँसो राजधानीस्थित ‘याक एण्ड यति’ होटलमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाली समकक्षी प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंखर बैरागी, परराष्ट्र मन्त्रालयका चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायतका उच्चपदस्थ अधिकारीबीच बैठक बसेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार साँझ काठमाडौं आइपुगेका हुन् । विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व परधानमन्त्रीहरुले पनि विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर