newskoseli.Com

‘राजतन्त्र फर्काउन सम्भव छैन, मैले एनसेलको नाम पनि सुनेको छैन’ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको उनले बताए ।

‘कुनै पनि हालतमा राजतन्त्र फर्किंदैन,’ उनले भने– ‘यो हल्ला मात्रै हो ।’ एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाउँदै सभापति देउवाले भने– ‘मैले एनसेलको नाम पनि सुनेको छैन, वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने नै म हुँ ।’ दाङमा उचित संरचना नहुँदा प्रदेश– ५ को अस्थायी राजधानी बुटवल तोकिएको समेत सभापति देउवाले बताए । ‘दाङमा राम्रा भवन छैनन्,’ उनले भने– ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ, यो विषयमा उहाँलाई नै सोध्नोस् ।’

बाँकेका कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घटनाका दोषीलाई कारबाही गर्न पनि उनले सरकारसँग माग गर्रे । ‘बाँकेमा गम्भीर खालको घटना भएको छ,’ उनले भने– ‘यो घटनाका दोषी जो–कोहीलाई पनि कारबाही गर्नुपर्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर