newskoseli.Com

ज्ञानेन्द्र शाहीको हर्कत : पर्यटनमन्त्री भट्टराईमाथि दिनदहाडै दुर्व्यवहार ! (भिडियोसहित)

केही महिनायता विभिन्न उटपट्याङ गर्दै निरन्तर चर्चामा आउने प्रयास गरिरहेका ज्ञानेन्द्र शाही नामका उद्दण्ड युवकले पर्यटनमन्त्री योगेश भट्टराईमाथि आपत्तिजनक दुर्व्यवहार गरेका छन् ।

शनिबार साँझ ६ बजे नेपालगञ्जस्थित विनानस्थलमा बुद्ध एयरको जहाज चढ्ने क्रममा ज्ञानेन्द्र शाही र उनको समूहका उद्दण्ड युवकहरुले मन्त्री भट्टराई, विमानको चालक दलका सदस्य र बुद्ध एयरका कर्मचारीमाथि दुर्व्यवहार गरेका हुन् ।

मन्त्रीका कारण विमानको उडान पन्ध्र मिनेट ढिलो भएको बहानामा उद्दण्ड युवकहरुले मन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरु प्रहार गर्दै अभद्र व्यवहार गरेका हुन् । विमान पन्ध्र मिनेट मात्रै ढिलो भए तापनि उनीहरुले भने एक–एक घन्टा, दुई–दुई घन्टा ढिलो गरेको भन्दै बुद्ध एयरका प्रशासकहरु र कर्मचारीमाथि तीव्र आक्रोश पोखे ।

भिडियोमा हेर्नोस् उद्दण्ड युवकहरुको हुलहुज्जत–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर