newskoseli.Com

पोस्टबहादुर बोगटीलाई सम्झँदै भावुक भए प्रचण्ड : प्रतिक्रियावादको प्रतिकार गर्न गरे आह्वान (भिडियोसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भावुकतापूर्वक पार्टीका दिवङ्गत नेता पोस्टबहादुर बोगटीकाे व्यक्तित्व, याेगदान र भूमिकाकाे स्मरण गरेका छन् । पार्टीका दिवङ्गत नेता पोस्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न समेत युवा विद्यार्थीलाई उनले आह्वान गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने– ‘समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौं, एकीकृत पार्टीले पनि त्यही भनेको छ तर यो काम कम चुनौतीपूर्ण छैन; चारैतिरबाट पुँजीवादी र साम्राज्यवादीले घेरेका छन्, व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ तर सात दशक लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलैमा मार्न सकिन्छ कि भनेर कसैले भ्रम नपाले हुन्छ ।’

अराजकता मच्चाउनेहरुमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मूख यात्रामा अघि बढ्ने सङ्कल्प गर्नु आवश्यक भएको बताउँदै अराजकतावादीविरुद्ध सजग रही प्रतिकार गर्न उनले आग्रह गरे । अध्यक्ष प्रचण्डले भने– ‘हत्केलाले सूर्य छेक्न खोज्नु सम्भव कुरा होइन, त्यो दुस्साहस मात्र हुनेछ; जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवार रूपमा लागौं ।’

नेता बोगटीलाई आफूहरुले जहाँ–जहाँ अप्ठ्यारो र कठिनाइ हुन्थ्यो, त्यहाँ–त्यहाँ खटाउने गरेको भन्दै बोगटीले सधैं नै मूल नेतृत्व र नीतिलाई सहयोग गरेको प्रचण्डले स्मरण गरे ।

सोही कार्यक्रममा बोलदै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने, त्यागी र निष्ठावान् नेता भएको बताए । बोगटीको त्यो व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार भएको खनालले बताए । कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमिक शेरचनलगायतले पनि बेगटीप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्वसांसद् हुन् । अकस्मात हृदयाघात भई ३० भदौ, २०७१ मा उनको निधन भएको थियो ।

प्रचण्डको सम्बोधन हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर