newskoseli.Com

संसदका दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री, के–के छन् मुख्य विषय ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) प्रतिनिधिसभा तथा राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । अचानक संघीय संसदका दुवै सदनलाई प्रधानमन्त्रीले सम्बोधन गर्दै के सन्देश प्रवाहित गर्न चाहेका हुन् ? सर्वत्र जिज्ञासा छाएको छ ।

दिउँसो साढे २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसपछि राष्ट्रियसभाको बैठक बस्नेछ । यी दुवै बैठकलाई प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै सम्बोधन गर्ने भएका हुन् । सम्बाेधनमार्फत प्रधानमन्त्रीले के सन्देश दिन चाहेका हुन् भन्नेबारे भने सरकार, सचिवलाय र सम्बद्ध निकायले केही खुलाएका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर