newskoseli.Com

‘महरा प्रकरण’ बारे खगेन्द्र संग्रौला : ‘डबल नेकपाकै अस्तित्व र अस्मिताको क्षयीकरण’

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे चर्चित लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले अलिक भिन्नै कोणबाट टिप्पणी गरेका छन् । लेखक संग्रौलाले ‘महरा प्रकरण’ लाई ‘महरा सरको टाटपल्टाइ डबल नेकपाकै अस्तित्व र अस्मिताको क्षयीकरण’ भएको अभिव्यक्ति दिएका छन् ।

सामाजिक सञ्जाल ‘ट्विटर’ मा हालै एक ‘ट्विट’ लेख्दै संग्रौलाले भनेका छन्– ‘महरा सरको वैचारिक टाटपल्टाइ र नैतिक पतन महरा सर एक्लैको भए कुरो समान्य हो । तर मान्यवर, यो समग्र नेकपा डबलकै अस्तित्व र अस्मिताको वैचारिक र नैतिक क्षयीकरणको उदाङ्गीकरणको अकाट्य दसी पो हो कि ! हैट्, सोच्दैमा भयावह कुरा !’

यस्तो छ संग्रौलाको ‘ट्विट’, जस्ताको तस्तै–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर