newskoseli.Com

‘म ओरिजिनल माओवादी होइन’ : प्रचण्डको खुलासा

फाइल तस्बिरः रासस

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू ‘ओरिजिनल माओवादी’ नभएको सार्वजनिक खुलासा गरेका छन् ।

तिहार, छठ, नेपालसम्बतको अवसरमा विराटनगरमा शुक्रबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको खुलासा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै आफूले २०२८ सालमा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन (चौम) मा गएको अध्यक्ष प्रचण्डले बताए । आफू र मदन भण्डारी बीच तुलना गर्दै कार्यक्रमलाई सम्बोधनका क्रममा प्रचण्डले भने– ‘म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो । म पनि ओरिजिनल चौम, मसाल र माओवादी होइन ।’

‘त्यतिबेलाको मालेले मदन भण्डारीको क्षमता, गतिशीलता र सिर्जनशीतलाई आत्मसात गर्‍यो, मालेका ओरिजिनल भनिएकाहरूको हालत के छ ? तपाईं–हामी सबैलाई थाहै छ, ’ को–अर्डिनेशन केन्द्रको ‘लिगेसी’ बोकेकाहरूबाट झापा विद्रोह भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको स्मरण गर्दै प्रचण्डले भने– ‘तपाईंहरूलाई ओरिजिनल मसाल, माओवादी नै लाग्ला तर म पनि ओरिजिनल माओवादी चाहिँ होइन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर