newskoseli.Com

पूर्वसभामुख महरा जेल चलान, तारिखमा छाडेन अदालतले (भिडियाेसहित)

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । सोमबार साँझ सवा ५ बजे जिल्ला अदालतबाट उनलाई सोझै डिल्लीबजार काराागार लगिएको छ ।

यथेष्ट प्रमाण नपुगेको र पीडित भनिएकी महिलाले समेत महरामाथिको आरोप पटक–पटक अस्वीकार गरिसकेको हुँदा उनी सोमबार तारिखमा रिहा हुने अपेक्षा धेरैले गरेका थिए । तर, उनलाई कारागार चलान गरिएपछि अदालत परिसरमा जम्मा भएका धेरैजसोले ‘माथिदेखिको ठूलै खेलको परिणामस्वरुप महरालाई नराम्ररी फसाइएको’ प्रतिक्रिया दिएका छन् ।

जिल्ला अदालत काठमाडौंमा सरकारी वकील र महरा पक्षका वकीलको बहस सुनेपछि न्यायाधीश सुदर्शन पाण्डेको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । महराविरुद्धको मुद्दाको थुनछेक बहस आइतबार र सोमबार दुई दिन चलेको थियो ।

बिहीबार दर्ता भएको महराविरुद्धको मुद्दामा शुक्रबार न्यायाधीशसँगको बयान सकिएको थियो । शुक्रबारबाटै थुनछेक बहस सुरु हुने भनिए पनि समय अभावका कारण आइतबारबाट मात्रै थुनछेक बहस सुरु भएको थियो । शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीशसमक्ष महराले करिव ५ घन्टा इन्कारी बयान दिएका थिए ।

विस्तृत विवरण हेर्नाेस् याे भिडियाेमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर