newskoseli.Com

सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त (नामावली र राष्ट्रपतिको विज्ञप्तिसहित)

सात प्रदेशमा आइतबार रिक्त भएका प्रदेश प्रमुखका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा मन्त्रीपरिषदले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले सिफारिस गरेअनुरूप साेमबारै मन्त्रीपरिषदले नियुक्तिका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेका प्रदेश प्रमुखहरुमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), शर्मिला त्रिपाठी (काठमाडौं), धर्मनाथ यादव (सिरहा), विष्णु प्रसाईं (झापा) र गोविन्द कलौनी (डडेलधुरा) रहेका छन् ।

सचिवालय बैठकपछि नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कसलाई कुन प्रदेशमा नियुक्त गर्ने भन्नेबारेमा मन्त्रिपरिषदले निर्णय गर्ने जानकारी दिएका थिए । संविधानवमोजिम ती पद रिक्त भएकाले पार्टीले सिफारिस गरेको उनले बताएका थिए । सरकारले प्रदेश प्रमुखमा आफ्ना प्रतिनिधि पठाउन संविधानकै आधारमा नयाँ निर्णय गर्न लागेको जानकारी महासचिव पौडेलले दिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) वमोजिम आइतबार सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ । २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुख नियुक्त भएकामा नेकपाले त्यसैबेला आपत्ति जनाएको थियो ।

यसैबीच, सोमबार साँझ मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन् । यस्तो छ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर