newskoseli.Com

पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक, कुन–कुन पत्रिका कुन श्रेणीमा ? (सूचीसहित)

प्रेस काउन्सिल नेपालले आ.व. २०७४–७५ को वर्गीकरणको प्रक्रियामा सामेल ९ सय १२ वटा पत्रपत्रिका वर्गीकरण गरी नतिजा सार्वजनिक गरेको छ । बिहीबार अबेर सार्वजनिक नतिजाअनुसार ‘क’ वर्गमा १ सय ५७, ‘ख’ वर्गमा ३ सय २१, ‘ग’ वर्गमा २ सय ३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७ सय ६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् ।

३१ वटा पत्रपत्रिका हुबहुमा परेको र एउटाको प्रकाशन अङ्क नपुगेकाले वर्गीकरणमा समावेश नगरिएको तथा आवश्यक कागजात पेस नगरेका ६३ र जवाफ पेस नगर्ने ५१ वटा गरी १ सय १४ वटा पत्रपत्रिकाको नतिजा स्थगन गरिएको काउन्सिलले जनाएको छ । वर्गीकरणमा समावेश ७ सय ६६ मध्ये राष्ट्रियस्तरमा १ सय ५६, प्रदेशस्तरमा १ सय ४२ र स्थानीयस्तरमा ४ सय ६८ वटा पत्रिका कायम भएका छन् । वर्गीकरणमा समावेश भएकामा दैनिक १ सय ४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४ सय ६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिक–त्रैमासिक ११ र साहित्यिक–भाषिक ५६ रहेका छन् ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड, २०६६ (परिमार्जन, २०७५) को आधारमा वर्गीकरण प्रतिवेदन तयार पारी १४ असोज, २०७६ मा काउन्सिलमा पेस गरेको थियो । उक्त प्रतिवेदन समेतका आधारमा काउन्सिलले नतिजा सार्वजनिक गरेको बताइएको छ ।

वर्गीकरणको नतिजामा चित्त नबुझ्नेले आधार, प्रमाणसहित पुनर्योग–पुनर्मूल्याङ्कनका लागि सुरु दस्तुरको पच्चीस प्रतिशत शुल्कसहित १५ दिनभित्र र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म निवेदन दिन सक्ने व्यवस्था मिलाइएको काउन्सिलले जनाएको छ ।

कुन–कुन पत्रिका कुन श्रेणीमा ? यस्तो छ वर्गीकरणको पूर्ण विवरण–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर