newskoseli.Com

सभामुखमा देउवाको दावी, भने– ‘आफैं राखे पनि अविलम्ब चयन गर !’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग बोल्दै संसदलाई अनिर्णयको बन्दी नबनाउन उनले आग्रह गरेका हुन् । आफ्नो पार्टीलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने दावी समेत उनले गरे ।

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण सभामुख चयनमा ढिलाइ भएको प्रसङ्ग उल्लेख गर्दै सो पार्टीभित्र गुट–उपगुट रहेको जनताले प्रष्ट रूपमा थाहा पाएको सभापति देउवाले बताए ।

संसदको गतिरोध हटाउन चाँडै संसदीय दलको बैठक बोलाउने र त्यसबाट ठोस निर्णय लिने जानकारी समेत उनले दिए । संवैधानिक प्रावधान अनुसार प्रदेशमा सभामुख वा उपसभामुखमध्ये एक पद कांग्रेसले पाउनुपर्ने हो तर संविधानविपरीत कार्य भएकाले त्यो नदिइएको दुःखेसो देउवाले पोखे । त्यसलाई अविलम्ब सच्याउनुपर्नेमा उनले जोड दिए ।

बहुचर्चित एमसीसीलाई नेपाली कांग्रेसले पहिले नै समर्थन गरिसकेको भन्दै सरकारले त्यसलाई पास गर्नुपर्नेमा पनि देउवाले जोड दिए । आफूले तोकेको कांग्रेस १४औं महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने बताउँदै पार्टीभित्र रहेका केही सामान्य समस्या समाधान गर्दै सङ्गठन बलियो बनाउने जिकिर उनले गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर