newskoseli.Com

विप्लव नेकपाले एमसीसीविरुद्ध देशव्यापी भण्डाफोर गर्ने (यस्ता छन् कार्यक्रमहरू)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित नगराउन दबाव दिँदै व्यापक जनताको सहभागितामा देशव्यापी भण्डाफोर आन्दोलन गर्ने उदघोष गरेको छ ।

माघ १ देखि १५ सम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै विप्लव नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायतका सङ्घर्ष विभिन्न कार्यक्रम अघि बढाइने जनाएको छ । बिहीबार सार्वजनिक आन्दोलनका कार्यक्रमअनुसार नेकपाले अमेरिकी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय र नेपाल सरकारलाई ज्ञापनपनपत्र बुझाउने भएको छ ।

यस्तै, जनसङ्घर्षअन्तर्गत आस्थाका आधारमा बन्दी बनाइएका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूको तस्बिर प्रदर्शन गर्ने, महँगीविरुद्ध प्रदर्शन गर्ने र व्यापक जनसहभागितामा जनवादी सांस्कृतिक कार्यक्रम गर्ने सो पार्टीको घोषणा छ ।

घोषित कार्यक्रमअनुसार माघ ५ मा सरकारलाई ज्ञानपनपत्र बुझाउने, माघ १० मा अमेरिकी दूतावासमा ज्ञापनपनपत्र दिने, माघ १२ मा संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र बुझाउने कार्यतालिका छ भने देशव्यापी जनसङ्घर्षका कार्यक्रमअन्तर्गत माघ १० मा बन्दीहरूको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन, माघ १६ मा सहिद दिवस मनाउने, माघ १८ मा महँगीविरुद्ध प्रदर्शन, माघ २० मा खुला सांस्कृतिक कार्यक्रम र माघ २५ मा देशव्यापी अन्तर्क्रिया गर्ने विप्लव नेकपाले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर