newskoseli.Com

गायिका आस्था राउतलाई पक्रन प्रहरीलाई अनुमति (भिडियोसहित)

चर्चित गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा प्रहरीले पक्राउ अनुमति पाएको बताइएको छ । प्रहरीले पक्राउ अनुमति पाएसँगै गायिका राउत प्रहरीको सूचीमा ‘फरार अभियुक्त’ बन्न पुगेकी छन् ।

काठमाडौं–भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा बधुबार आफूमाथि प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले ‘फेसबुक’ पेजमा ‘भिडियो लाइभ’ गरेकी थिइन् । सो भिडियो ‘भाइरल’ भएपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि रानीपोखरीस्थित महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि विमानस्थल प्रकरणबारे छानबिन भएको थियो ।

छानविनका क्रममा संकलित ‘सीसीटीभी फुटेज’ बाट गायिका राउतमाथि दुर्व्यवहार गरिएको नभई उल्टै उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठमाथि अभद्र व्यवहार गरेको देखिएको दावी प्रहरीले गरेको छ । त्यसपछि रमिलाले अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतमाथि कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएकी थिइन् ।

के–के भनेकी थिइन् आस्थाले ? भिडियोमा हेर्नोस् जस्ताको तस्तै–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर