newskoseli.Com

एकाबिहानै प्रचण्ड–बाबुराम भेटवार्ता : यसरी जुट्यो संयोग

एकाबिहानै एयरपोर्टमा पूर्वमाओवादी शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । त्रिभुवन विमानस्थल हुँदै आ–आफ्नो गन्तव्यमा हिँडेका सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच विमानस्थलमा भेटवार्ता भएको हो ।

बिहान सात बजे नै उड्नुपर्ने विमान ‘डिले’ भएपछि पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र भट्टराईबीच विमानस्थलमा लामै समय वार्ता भयो । प्रचण्ड र बाबुरामसँगै विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र दीपक बोहरा आदि पनि थिए । प्रचण्ड र गृहमन्त्री थापा नेपालगञ्ज जाँदै थिए भने बाबुराम चाहिँ पोखरा हिँडेका थिए ।

सोही भेटका केही तस्बिरसहित डा. बाबुरामले फेसबुक पेजमा लेखेका छन्– एअरपोर्टमा भेटिएका विभिन्न पार्टी र क्षेत्रका नेता साथीहरूः प्रचण्ड, बादल, टोपबहादुर, दीपक बोहरा आदि !

यस्तो छ बाबुरामको फेसबुक पोस्ट–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर