newskoseli.Com

गुम्यो अर्थमन्त्रीको सांसद पद : वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले सो पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । यो निर्णयसँगै सञ्चार मन्त्रालय समेतको जिम्मेवारी सम्हालिरहेका वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद गुम्ने निश्चित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपतिमार्फत मनोनीत गरिने सो पदमा उपाध्यक्ष गौतमलाई मनोनयन गर्न मन्त्रीपरिषदमार्फत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्‍त्री निवास बालुवाटारमा बुधबार बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच त्यस विषयमा अलग्गै भेटवार्ता भएको थियो । अध्यक्षद्वयबीचको छलफलपछि सचिवालय बैठक बसेको हो ।

अध्यक्षद्वयबीचको भेटमा संविधान संशोधनको तयारी र बाहिरको प्रतिक्रिया, गोकुल बाँस्कोटाको अडियो प्रकरण, एमसीसीलगायतका विषयमा छलफल भएको बुझिएको छ । पछिल्लो समयमा सरकार र पार्टीले नागरिक स्तरबाट खेप्‍नुपरेको व्यापक आरोप र आलोचनाको सामना कसरी गर्ने भन्‍नेबारेमा समेत छलफल केन्द्रित रहेको बताइएको छ ।

सचिवालयमा बैठकमा कार्यदलको प्रतिवेदनपछि एमसीसीमा कसरी अघि बढ्ने भन्‍ने बारेमा समेत छलफल भए पनि कुनै निर्णय हुन सकेन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर