newskoseli.Com

ऋतु तामाङलाई बचाऔं : खुला दिलले सहयोग गरौं !

चौतारा साँगाचोकगढी नगरपालिका– ८, इर्खु, सिन्धुपाल्चोककी ऋतु तामाङ रगतको क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भएर अस्पतालमा थलिएकी छन् । ललितपुरस्थित पाटन अस्पतालमा रहेकी तामाङको उपचारमा थुप्रै रकम खर्च भइसकेको भन्दै उनलाई बचाउने कार्यमा सहयो गर्न उनको परिवारले सबैमा आग्रह गरेको छ ।

पीडित तामाङका बुबा मन्ते तामाङले छोरीलाई बचाउन सहयोगको अपिल गरेका हुन् । ‘हाम्रो आर्थिक अवस्थाले उनलाई बचाउन गाह्रो भइरहेको छ,’ उनले भने– ‘उपचार गर्न पैसाको अभाव भएका कारण देश–विदेशमा छरिनुभएका सम्पूर्णले आ–आफ्नो स्तरबाट सकेको सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’

ऋतुलाई बचाउन चौतारा बहुमुखी क्याम्पसका विद्यार्थीले सहयोग सङ्कलन सुरु गरेका छन् । उनलाई सहयोग गर्न चाहनेहरुले पीडितका दाजु मिलन तामाङको मेघा बैंकमा रहेको खाता नं. ०१४००५०१६७३५३ वा बुबा मन्ते तामाङको जनता बैंकमा रहेको खाता नं. ००६१०१००५४१६३०१ मा रकम जम्मा गर्न सक्ने जानकारी परिवारले गराएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर