newskoseli.Com

‘परालका होइनन् मेरा खुट्टा’ : आफ्नै पार्टीप्रति कांग्रेस नेताका दुःखेसै–दुःखेसा !

नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको सोही पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्वीकार गरेका छन् । नेपाल प्रेस युनियनले शनिबार गोरखामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न कांग्रेसले नसकेको उनले बताए ।

नेता कोइरालाले भने– ‘संसदमा प्रतिपक्षको आवाज नै सुनिएको छैन, सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएका छन्, सरकार त मौन हुनु स्वाभाविक नै हो; संसदमा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर त्यो पनि सुनिएन, लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो ।’

केन्द्रीय समितिको बैठक नबस्दा आफूहरुले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको भन्दै कांग्रेस अहिले भागवन्डामा अल्झिएर बसेकामा नेता कोइरालाले दुःखेसो पोखे । ‘पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ?’ उनले प्रश्न गरे ।

तपाईं अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले भने– ‘मेरा खुट्टा परालका होइनन् भन्ने बुझ्नुपर्छ; अहिले स्पष्ट कसरी भनुँ ! कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु ।’ रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर