newskoseli.Com

‘कोरोना फैलन नदिन विशेष योजना बनाऊ’ : कांग्रेस नेता सिंह

विश्वभर फैलँदै गएको कोभिड– १९ का नाममा नेपालमा कालोबजारी बढ्दै गएको भन्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आपत्ति जनाएका छन् । नेपाली कांग्रेस काठमाडौंका क्षेत्रीय सभापति र सो पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा मंगलबार बोल्दै बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने नेता सिंहले बताए ।

कोरोनाका नाममा कालोबजारी बढ्न थालेकाले सरकारले बजारमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ । जनप्रतिनिधिलाई जनताको घर–घरमा पुगेर कोरोना भाइरसले जनजीवनमा पार्न सक्ने प्रभावका बारेमा जनचेतना फैलाउन सांसद समेत रहेका नेता सिंहले निर्देशन दिए ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले कोरोना भाइरसका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । कांग्रेस काठमाडौंका सभापति सबुज (कृष्ण) बानियाँले जनताको पक्षमा काम गर्न सके मात्र आगामी निर्वाचनमा कांग्रेसले विजय हासिल गर्न सक्ने बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर