newskoseli.Com

गोकुल बाँस्कोटाको घर पड्काउने को–को ? प्रहरीको दावी यस्तो

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा केही दिनअघि भएको बम विस्फोटमा संलग्नताको आरोपमा प्रहरीले पक्राउ गरेका तीन जनाको पहिचान सार्वजनिक गरिएको छ ।

कैलालीका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका टेक लोहार (भिसेक गिरी) नै बाँस्कोटाको घरमा विष्फोट गराउनेहरु भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले दावी गरेका छन् । राजधानीका विभिन्न ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

भक्तपुरको जडीबुटीस्थित पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाको नवनिर्मित घरमा २८ फागुनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम विस्फोट गराएको थियो । बिहानै पौने आठ बजे गराइएको सो विष्फोटमा संलग्न भएको आरोपमा प्रहरीले त्यसै दिन देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव नेकपाका भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीको दावी छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलाको मुख्य योजनाकार, कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध र दमनको मतियार, विभिन्न जनविरोधी कार्यमा संलग्नतालगायतका १० कारणले पूर्वमन्त्री बाँस्कोटामाथि ‘कारबाही’ गर्नु परेको हुँदा आफूहरुले प्रेसर कुकर बम विष्फोट गराएको सो पार्टीका नाममा विष्फोटस्थलमा छरिएको पर्चामा दावी  गरिएकाे छ ।

विष्फोटबाट बाँस्कोटाको घरको भुइँ तलामा सामान्य क्षति पुग्नुका साथै एउटा कार क्षतिग्रस्त भएको थियो । उक्त विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीको घरमा समेत केही क्षति पुगेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर