newskoseli.Com

‘स्थगित’ भन्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ खारेज : ६५ करोड झ्वाम, सचिवालय खारेज हुने

बडो चमकधमक र होहल्लाका साथ सन् २०२० थालनीका दिनदेखि सुरु गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित भएको छ । अघिल्लो पटक गुपचुप रुपमा अप्रिलसम्मका लागि मात्र स्थगित भएको भनिएको भ्रमण वर्ष अहिले भने ‘स्थगित’ पदावली प्रयोग गरेर औपचारिक रुपमा ‘खारेज’ नै गरिएको छ ।

चैत ९ को मन्त्रिपरिषदको निर्णयबाट नेपाल सरकारले भ्रमण वर्ष ‘स्थगित’ गरेको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले दिएका हुन् । राजधानीको केशरमहलमा स्थापना गरिएको भ्रमण वर्षको सचिवालय समेत १ वैशाख, २०७७ देखि विघटन हुने उनले जनाएका छन् । व्यापारी सुरज वैद्यको नेतृत्वमा सरकारले सचिवालय सञ्चालन गरिरहेको थियो ।

वर्षभर २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको थियो । सन् २०१९ को डिसेम्बरदेखि चीनबाट फैलन थालेको कोरोनाभाइरसको प्रकोपले विश्वव्यापी रूप लिएसँगै भ्रमण वर्ष नाकामसिद्ध भएको हो । यसैकारण सरकारले अघिल्लो महिना अप्रिलसम्मका लागि स्थगित गर्ने निर्णय गरेको भ्रमण वर्ष अन्ततः खारेज नै हुन पुगेको छ । भ्रमण वर्ष सफल पार्न भनी सरकारले छुट्याएको ६५ करोड रुपैयाँ भने अधिकांश खर्च भैसकेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर