newskoseli.Com

राष्ट्रपतिलाई झाँक्रीको झटारो : ‘विकसित मुलुकका नेपालीको चिन्ता नगरिबक्स्योस्, अलपत्र मजदुरबारे निर्देशन दिइयोस्’ !

फाइल तस्बिर

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति सांकेतिक झटारो हानेकी छन् । राष्ट्रपति भण्डारीले स्वदेशका मजदुर र निम्न वर्गका अलपत्र नेपाली तथा भारतबाट मजदुरी खोसिएर सीमामा अलपत्र परेकाहरुप्रति कुनै चासो नराखी अमेरिकामा रहेका नेपालीका बारेमा मात्रै चिन्ता लिएकामा सांसद झाँक्रीले व्यंग्यात्मक प्रहार गरेकी हुन् ।

सांसद झाँक्रीले कटाक्ष गर्दै सामाजिक सञ्जाल ‘ट्विटर’ मा लेखेकी छन्– ‘सिधा कुराः महामहिम ! अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान, कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरीबक्स्योस् । नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू, लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन् । व्यस्थापनका लागि स्थानीय तहलाई निर्देशन दिने कि ?’

अमेरिकामा कोरोना तीव्र गतिमा फैलिएर धेरैको ज्यान लिन थालेपछि त्यहाँका नेपालीबारे राष्ट्रपति भण्डारीले चासो राखेकी थिइन् । अमेरिकामा कोरोना तीव्र गतिमा फैलिएसँगै राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली दूतवासले जनाएको छ ।

३० मार्च, २०२० मा राजदूत कार्कीले अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गरेको उल्लेख गरेका थिए । नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न राष्ट्रपतिले आग्रह गरेको राजदूत कार्कीको भनाइ थियो । अमेरिकामा करिव पाँच लाख नेपाली र नेपाली मूलका वासिन्दा भएको बताइन्छ ।

यस्तो छ नेतृ झाँक्रीको ‘ट्विट’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर