newskoseli.Com

‘आस्थाका बन्दीलाई तत्काल रिहा गर, सीमामा अलपत्रलाई समुचित व्यवस्था गर’ : अध्यक्ष भण्डारी

हाल विश्वव्यापीरूपमा महामारीको रूप लिइरहेको कोरोनाभाइरस संक्रमणको जोखिम र आधारभूत मानवअधिकारलाई मनन गर्दै सम्पूर्ण राजबन्दीहरूको तत्काल रिहाइका निम्ति नेपालका मानवअधिकारकर्मी, राजनीतिक संघ–संस्था र जनताको तहबाट जोडदार माग भैरहेको छ । यद्यपि यति गम्भीर सवालमा पनि सत्ता र सत्ताधारीहरूले आश्चर्यजनक मौनता साँधिरहेका छन् ।

यसै सन्दर्भमा मानवअधिकारवादी संस्था ‘जनअधिकार अभियान नेपाल’ ले कोरोनाको बढ्दो संकटलाई मध्यनजर गर्दै नेपालका सम्पूर्ण आस्थाका बन्दीहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले बिहीबार विज्ञप्ति जारी गर्दै संकटका बेला घर फर्कने नेपालीहरु दार्चुलाको महाकाली पुलपारि र नेपालगञ्जलगायतका विभिन्न भारतीय सीमानामा खुला आकाशमुनि बस्न बाध्य भएको भन्दै उनीहरुलाई नेपाल प्रवेशको व्यवस्था गर्न र राजनीतिक आस्थाका बन्दीहरुलाई रिहा गर्न आग्रह गरेका हुन् ।

सीमानामा खुला आकाशमुनि रात बिताइरहेका नेपाली नागरिकहरुलाई स्वास्थ्य एवं आवासको हकको प्रत्याभूति गर्न र उनीहरुले नेपाल प्रवेश गर्न पाउनुपर्नेजस्ता अधिकार सम्बन्धमा संविधानको धारा ४५ को मर्मअनुसार व्यवस्था गर्न सरकार, नागरिक समाज एवं सरोकारवालाहरुसँग अध्यक्ष भण्डारीले अनुरोध गरेका छन् ।

संकटको यस्तो घडीमा न्यूनतम मानवअधिकार समेतको उपहास हुने गरी केवल राजनीतिक आस्थाकै आधारमा कसैलाई पनि पक्राउ नगर्न र पक्राउ परेकाहरुलाई तत्काल रिहाई गरी मानवअधिकारको प्रत्याभूति दिलाउन वरिष्ठ अधिवक्ता भण्डारीले अभियानका तर्फबाट सरकारसँग अनुरोध गरेका छन् ।

यस्तो छ भण्डारीको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर