newskoseli.Com

छैटौं संक्रमित पनि फेला : एकै विमानका ३ यात्रुमा कोरोना

नेपालमा कोरोनाभाइरस संक्रमित छैटौं बिरामी फेला परेकी छन् । दोहा (कतारको राजधानी) बाट नेपाल आएकी अर्की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कतारबाट आएकी थप एक महिलामा कोरोना पोजेटिभ भेटिएको जानकारी दिएका हुन् । ती व्यक्ति पनि चैत ४ को कतार एयरलाइन्सको क्युआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएकी थिइन् । सोही उडानमा नेपाल आएका दुई किशोरीमा यसअघि पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसबारे थप विवरण आउन बाँकी रहेको उल्लेख गर्दै ती विवरण आएपछि मात्रै विस्तृतमा जानकारी गराइने डा. देवकोटाले बताए । हालसम्म १ हजार १ सय ८४ वटा नमूना परीक्षण भएको र तीमध्ये ६ जनामा कोरोना पोजेटिभ भेटिएको जानकारी उनले दिए । केन्द्रीय प्रयोगशालामा अहिले थप ४३ वटा नमूना परीक्षण भइरहेको र धरानस्थित प्रयोगशालामा पनि १२ वटा नमूना परीक्षण भइरहेको डा. देवकोटाले बताए ।

उनका अनुसार यतिबेला नेपालभर १ सय ५ जना आइसोलेसनमा रहेका छन्, तीमध्ये १६ जना उपत्यकाका विभिन्न अस्पतालमा छन् । नेपालमा फेला परेका पहिलो कोरोना संक्रमित व्यक्ति उपचारपछि निको भइसकेका छन् ।

दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन्, उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । तेस्रो संक्रमित धादिङका, चौथो संक्रमित धनगढीका र पाँचौं संक्रमित बाग्लुङकी व्यक्ति हुन् ।

१० चैतमा दाेस्राे संक्रमितका रूपमा १० वर्षीया किशाेरीमा कोरोना पुष्टि भएसँगै सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । बिहीबार बागलुङकी ६५ वर्षीया महिलामा संक्रमण पुष्टिसँगै ४ चैतमा एकै विमानबाट काठमाडौं उत्रेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै विमानका काेराेना संक्रमित तीनैजना महिला हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर