newskoseli.Com

नेपालमा पुगे ९ संक्रमित : एकै दिन ३ जनामा काेराेना पुष्टि, देशभित्र व्यक्तिबाट अर्कोमा पहिलो संक्रमण

नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमण भएको पुष्टि भएको छ । त्यसैगरी, एकै दिन नयाँ ३ जनामा संक्रमण पुष्टि भई कोरोना संक्रमितको संख्या ६ बाट एकैचोटि ९ पुगेको छ ।

शनिबार कैलाली र कञ्चनपुरमा ३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय युवकमा र भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीकी ३४ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । शनिबार कोरोना पुष्टि भएकी महिला कैलालीमै यसअघि संक्रमित भेटिएका पुरूषकी भाउजू भएको बताइएको छ ।

यी महिलामा कोरोना पुष्टि भएसँगै नेपालभित्र एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पहिलो पटक पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित तीनै जनालाई सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

यस्ताे छ मन्त्रालयले सार्वजनिक गरेकाे विवरण–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर