newskoseli.Com

६० हजारकाे मृत्यु, चीन झर्‍यो सातौंमा : उछिने इटाली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत र इरानले

विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट मृत्यु हुनेको संख्यामा यस महामारीको उद्गमस्थल मानिएकाे र पहिलो पीडित राष्ट्र चीन सातौं स्थानमा झरिसकेको छ । काेराेनाबाट मृत्यु हुनेकाे संख्यामा चीनलाई इटाली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत र इरानले उछिनेका छन् ।

शनिबार अपराह्नसम्म यस महामारीले ६०,३९८ को ज्यान लिइसकेको छ । हालसम्म इटालीमा १४,६८१, स्पेनमा ११,७४४, अमेरिकामा ७४०६, फ्रान्समा ६,५०७, बेलायतमा ३,६०५, इरानमा ३,४५२ र चीनमा ३,३२६ जनाको कोभिड– १९ का कारणा निधन भैसकेको छ ।

संक्रमितको संख्याका हिसाबले भने अमेरिका पहिलो स्थानमा रहेको छ । यतिबेलासम्म विश्वभर ११,३३,८०१ जना कोभिड– १९ बाट संक्रमित भएका छन् । यो अवधिसम्म अमेरिकामा २,७७,६०७, स्पेनमा १,२४,७३६, इटालीमा १,१९,८२७, जर्मनीमा ९१,१५८, फ्रान्समा ८२,१६५, चीनमा ८१,६३९ र इरानमा ५५७४३ जना कोरोनाभाइसबाट संक्रमित भएका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर