newskoseli.Com

‘नेपालमा कोरोना महामारी बन्दैन’ : मुख्यमन्त्रीको दावी

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोनाभाइरसले महामारीको रुप नलिने आधार तय भइसकेको दावी गरेका छन् ।

सोमबार सन्देश जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप नलिने आधार तय भइसकेको उनले बताएका हुन् ।

‘कोरोनाभाइरसका कारण साधन–स्रोतले सम्पन्न भएका र आर्थिकरुपमा समेत सशक्त देशलाई हायलकायल पारिरहँदा यो भाइरस नेपालमा प्रवेश गरे लाखौंमा सङ्क्रमण फैलने र हजारौं मानिस मारिन सक्ने चर्चा–परिचर्चा भएकै हो तर प्रधानमन्त्री ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले महामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको छ’– सन्देशमा उल्लेख छ ।

‘यद्यपि संसारलाई त्रसित बनाइरहेको कोरोनाभाइरसका कारण आइपर्ने सम्भावित महामारीको त्रासदी कायम नै छ तर सरकार कोरोनाविरुद्ध हरतरहले तयार भइसकेको छ, केही महिना अघिसम्म पनि कोरोना परीक्षणका लागि बिरामीको स्वाब (नमूना) सङ्कलन गरेर तेस्रो मुलुकमा पठाउनुपर्थ्यो, केही दिन अघिसम्म मात्र पनि देशभरिबाट सङ्कलित नमूनाको केन्द्रीय प्रयोगशाला टेकुमा मात्र परीक्षण गर्नुपर्ने बाध्यता थियो, टेकुमा मात्र सीमित रहेको ल्याब अब देशका सातै प्रदेशमा उपलब्ध भइसकेको छ’– मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् ।

प्रदेश– १ को धरान, प्रदेश– २ को जनकपुर, वाग्मती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश– ५ को भैरहवा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कोरोना परीक्षण ल्याब स्थापना भई परीक्षणको काम समेत नियमित सञ्चालन भइसकेको छ ।

‘सङ्घीय राजधानी समेत रहेको वाग्मती प्रदेशको टेकु र हेटौंडाबाट मात्रै कोरोना परीक्षण हुँदै आएकोमा सोमबारदेखि चितवनमा समेत र केही दिनमै काभ्रेको धुलिखेलबाट पनि कोरोना परीक्षण हुँदैछ, सरकार अब धेरैभन्दा धेरै व्यक्तिको कोरोना परीक्षण गर्ने र उपचार तथा अन्य प्रक्रियालाई निरन्तरता दिने गरी अगाडि बढ्नेछ, प्रदेशवासी दाजुभाइ–दिदीबहिनीहरुले भने लकडाउनको पूर्ण पालना गरी कोरोनाभाइरसलाई महामारीका रुपमा फैलनबाट जोगाउनुहुन हार्दिक अनुरोध गर्दछु’– मुख्यमन्त्रीको सन्देशमा उल्लेख रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर