newskoseli.Com

संक्रमित–मृतक दुवैमा अमेरिका अगाडि : विश्वभर १७ लाख संक्रमित, लाख नाघे मृतक, निको भए पाैने ४ लाख (पूरा विवरण)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट शनिबार बिहानसम्म संसारभरमा १६,९९,६३२ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,०२,७३४ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ३,७६,३३० रहेको छ भने १२,२०,५६८ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ४९,८३० को अवस्था गम्भीर (क्रिटिकल) रहेको वर्ल्डाेमिटरले जनाएकाे छ ।

कोरोनाभाइरसबाट बढी प्रभावित देशहरूमध्ये अमेरिका सबैभन्दा अगाडि छ । मृतक संख्यामा पहिलाे रहेकाे इटालीलाई अमेरिकाले उछिन्न थालेकाे छ । संक्रमित संख्याका हिसाबले त निकै दिन अघिदेखि नै अमेरिका पहिलाे छ ।

कोरोनाभाइरसकाे संक्रमणबाट यस बेलासम्म इटालीमा १८,८४९ जना, अमेरिकामा १८,७४७ जना, स्पेनमा १६,०८१ जना, फ्रान्समा १३,१९७ जना, बेलायतमा ८,९५८ जना, इरानमा ४,२३२ जना र चीनमा ३,३३९ जना, बेल्जियममा ३,०१९ जना, जर्मनीमा २,७३६ जना र नेदरल्याण्डमा २,५११ जनाको मृत्यु भैसकेको छ ।

हालसम्मकाे अथ्यांकअनुसार अमेरिकामा ५,०२,८७६ जना, स्पेनमा १,५८,२७३ जना, इटालीमा १,४७,५७७ जना, फ्रान्समा १,२४,८६९ जना, जर्मनीमा १,२२,१७१ जना, चीनमा ८१,९५३ जना, बेलायतमा ७३,७५८ जना, इरानमा ६८,१९२ जना र टर्कीमा ४७,०२९ जना संक्रमित भएका छन् ।

यस्तो छ विश्वभर कोरोना प्रकोपको हालसम्मको तथ्यांक–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर