newskoseli.Com

सनसिटी हाउजिङका २ जनामा कोरोना : नेपालमा १६ संक्रमित (भिडियाेसहित)

सोमबार र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरस संक्रमण देखिएका राजधानीको पेप्सीकोलास्थित सनसिटी हाउजिङमा बस्ने ३ जनाको पीसीआर विधिबाट दोहोर्‍याएर गरिएको परीक्षणबाट तीमध्ये मध्ये २ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार दिउँसो २ बजे मन्त्रालयको फेसबुक पेजमा लेखिएको छ– ‘पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जना कोभिड( १९ का शंकास्पदहरूको मिति २०७७ साल वैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा २ जना (५८ वर्षिय पुरुष र ८१ वर्षिया महिला) को पीसीआरबाट थप परीक्षण गर्दा समेत पोजेटिभ देखिएको छ भने बाँकी १ जनाको हालको परीक्षणमा कोभिड– १९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाइनमा टाउन प्लानिङस्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको छ भने निजहरूसँग संलग्नहरूको ट्रेसिङ सुरू भएको छ ।’

यसअघि सोमबारसम्म नेपालभित्र १४ जना संक्रमित रहेकामा यो पुष्टिसँगै अब कोरोनाभाइरसको संक्रमित संख्या १६ पुगेको छ । यीमध्ये ३ जना भारतीय नागरिक हुन् भने १३ जना नेपाली नै हुन् । यी १३ मध्ये १२ जना विदेशबाट संक्रमित भई नेपाल आएकाा हुन् र १ जनामा चाहिँ नेपालमै संक्रमण भएको हो ।

भिडियाेमा हेर्नाेस् स्वास्थ्य मन्त्रालयकाे स्वीकाराेक्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर