newskoseli.Com

‘भाेकै पर्नुभाे ? लाइन बस्नोस्, निःशुल्क खानोस्’ : मनकारी युवाहरुको खाना अभियान (भिडियोसहित)

राजधानीको सिनामंगलस्थित भत्केको पुलसँगै चौरजस्तो खालि जमिन छ । साँझ ५ बजेदेखि त्यहाँ विभिन्न वेशभूषा, भाषाभाषी र भौगोलिक क्षेत्रका झन्डै साढे २ सय नागरिक करिव १ मिटरको दुरी बनाएर लाइन बस्छन् । कामनपा– ३१ मा पर्ने यस ठाउँमा लाम लागेका मान्छेलाई कामनपा– ९ मा पकाइएको खानाको प्याकेट साँझ ६ बजेदेखि बाँडिन्छ ।

अगाडि ब्यानर टाँगिएको छ । ब्यानरसँगै क्रेटका क्रेट प्याकिङ गरिएको खाना छ । एउटा खालि क्रेट ठड्याएर त्यसमाथि स्वयंसेवकले खानाको प्याकेट राखिदिन्छन् । लाइनबाट आएकाले फुत्त प्याकेट टिप्छन् र अगाडि बढ्छन् । घरमा बच्चा भएका महिलाले दुई प्याकेट पनि लान सक्छन् ।

शुभारम्भ युवा क्लब, विजयचोक युवा क्लब, आह्वान युवा सञ्जाललगायतका चार वटा क्लब र ती सम्बद्ध युवा मिलेर १५ दिनदेखि लगातार साँझको खाना यसरी नै ख्वाउँदै आएका छन् । विश्व महामारी कोरोनाभाइरसको सन्त्रासका कारण लकडाउन चलिरहँदा असहाय, खानाविहीन र अलपत्र नागरिकले भोकै बस्नु नपरोस् भनेर युवाहरुले यो अभियान सञ्चालन गरेका हुन् ।

यस काममा सघाउन भने कामनपा– ८ का स्वयंसेवक र नेपाल प्रहरी पनि खटिएका छन् । आर्थिक र सामग्रीमा भने युवाहरुको आफ्नै पहल, सदस्य र शुभचिन्तकहरुबाट मात्रै सहयोग मिलेको छ । आलोपालो खर्च र खाद्य सामग्रीको जाेहाे गरिरहेका छन् । यो अभियान अन्त्यसम्म निरन्तर चलाइरहन मनकारी युवाहरु दत्तचित्त छन् ।

चार वटा क्लबको संयुक्त खाना अभियान हेर्नोस् तलको भिडियोमाः

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर